तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त   

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।    

राष्ट्रपति भण्डारीले स्पेनका लागि डा शर्मिला पराजुली ढकाललाई, रसियाका लागि मिलनराज तुलाधरलाई, डेनमार्कका लागि प्रा.डा. राम स्वार्थ रायलाई, भारतका लागि राजदूत  रहनु  भएका डा. शङ्करप्रसाद शर्मालाई भुटानका लागि समेत नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button