तपाईँ सुन्दै हुनुहुन्छः

विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

काठमाडौँ । के तपाई विदेश  यात्राको तयारीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब तपाईँले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुने छैन । 

नेपाल राष्ट्र बैङ्कले आज एक निर्देशन जारी गर्दै विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैङ्क मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ । 

केन्द्रीय बैङ्कका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button