जनप्रतिनिधिहरूलाई अध्यक्ष नेपालको आग्रह: जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउनुहोस्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अरूलाई मात्र दोष लगाउने भन्दा पनि आफूभित्रको कमजोरीलाई नियाल्दै जनताका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित नेकपा एकीकृत समाजवादीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष नेपालले जनप्रतिनिधिहरूले जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले राम्रो काम गरेको पालिकाको भ्रमण गरी राम्रा कुरा सिकेर कार्यान्वयन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
उहाँले जनतासँग छलफल गरेर योजनाहरू अगाडि बढाउनुपर्ने भन्नुहुँदै जनप्रतिनिधिहरू जनताको सेवक बन्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले नेकपा विभाजनको प्रमुख कारण संसद् विघटन भएको भन्नुहुँदै एमाले कम्युनिष्ट पार्टी नरहेको ठानेर आफूहरूले विद्रोह गरी यहाँसम्म आइपुगेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्