सेती नदीले सडक कटान गरेपछि यातायात अवरुद्ध

बझाङ । बझाङमा सेती नदीले सडक कटान गरेको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको छ ।
नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले जालेवगरमा सडक कटान हुँदा सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्पै रहेको जानकारी दिनुभयो ।
पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ । गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको उक्त सडक खण्ड पुनः निर्माणको काम नसकिँदै फेरी मंगलबार राती बगाएको हो । सडक बगाउदा धनगढी,काठमाडौँ लगायत बाहिर जिल्ला जाने र जिल्ला भित्रने यातायातका साधनहरू वारिपारि रोकिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्