तपाईँ सुन्दै हुनुहुन्छः

पिण्डेश्वर बाबा धाममा भक्तजनको भिड

सुनसरी । धरानको ऐतिहासिक विजयपुरगढीमा रहेको पिण्डेश्वर बाबा धामलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलको रुपमा लिने गर्दछन् ।  

सुनसरीस्थित वराहक्षेत्रको कोका बराह नदी र कोशी नदीबाट ल्याइएको पवित्र जल पिण्डेश्वर बाबा धाममा चढाउँदा मनोकामना पुरा हुने धार्मिक मान्यता रहेको छ । 

साउन महिनामा धर्मावलम्बी गेरु वस्त्र धारण गरी खाली खुट्टा सुनसरीको वराहक्षेत्रबाट सप्तकोसी नदीको पवित्र जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिव लिङ्गमा चढाउने गर्दछन् । यहाँ प्रत्येक वर्ष जल चढाउने श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ ।

साउन महिनाभर भगवान् शिवको आराधना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यहाँ लाग्ने बोल बम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको विहार, पश्चिम बङ्गाल, दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानबाट भक्तजनहरू आउने गरेको पिन्डेश्वर वावाधाम समितिले जनाएको छ ।

देवाशुर सङ्ग्रामको बेलामा समुन्द्र मन्थन गर्दा निस्किएको अमृतबाट बनेको पिण्डमा महादेव अवस्थित हुनुभएकोले त्यही अमृत पिण्ड पिण्डेश्वर महादेवको रुपमा प्रतिस्थापित हुन भयो भन्ने किमदंती अनुसार यस धरानको यो विजयपुर रुद्राक्षमय पिण्डेश्वर बाबा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button