तपाईँ सुन्दै हुनुहुन्छः

‘माई कोरा च्यालेन्ज सिमरा’ सम्पन्न

बारा । बाराको सिमरामा ‘माई कोरा च्यालेन्ज सिमरा’ सम्पन्न भएको छ ।

बारा राइडर्स सङ्घको आयोजनामा भएको कार्यक्रममा साइकल राइडर्सहरुले ४५ किमीको यात्रा तय गरेका थिए ।

बाराका धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बारा राइडर्स सङ्घका नीराजन थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गर्नुभएको थिए ।

३५ साइकल यात्रीहरूले उपमहानगर क्षेत्र भित्रका विभिन्न मठ मन्दिरलाई दाहिने पारेर करिब ४५ किमी यात्रा तय गरेको बारा राइडर्स संघका अध्यक्ष शेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button