तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारी बजेटेको सदुपयोग गर्न निर्देशन’

टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले सरकारी बजेटलाई सदुपयोग गर्न निर्देशन दिनुभएको छ । 

सन्त निरंकारी आदर्श विद्यामन्दिर मावि टीकापुरको नवनिर्मित सभाकक्षको आज उद्घाटन गर्नुहुँदै  मन्त्री डा.रावलले सरकारी स्तरबाट आउने बजेटको सही सदुपयोग नभएकाले कामहरू कमसल हुने गरेको बताउनुभयो ।  

उहाँले काम कमसल भयो भने संरचना पनि राम्रो नबन्ने सरकारी बजेटको पनि सदुपयोग नहुने भएकाले अबका दिनमा त्यसमा सबैले चाँसो दिनुपर्ने बताउनुभयो । 

उहाँले यदि कुनै पनि ठाउँको विकास गर्नु छ भने पहिले त्यहाँका नागरिकहरू सकारात्मक सोचका साथ एकजुट हुनुपर्ने अनि मात्र त्यो ठाउँको विकास गर्न सजिलो हुने पनि बताउनुभयो । 

मन्त्री डा.रावलले जनप्रतिनिधि छनोट गर्दा हाम्रा नभई राम्रा मान्छेलाई छनोट गर्नुपर्ने र छनोट गरिसकेपछि पनि जनताहरूले उनीहरूको निगरानी गर्नुपर्ने बताउनुभयो । 

उहाँले टीकापुर क्षेत्रको विकास हुनका लागि पहिले यो क्षेत्रको बजार बिस्तार गर्नुपर्ने भएकाले त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button