नागरिकलाई सहज रुपमा नागरिकता उपलब्ध गराउनु सबै राजनैतिक दलको साझा दायित्व : गृहमन्त्री

काठमाडौँ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाणले नागरिकता सम्बन्धी समस्या समाधान गरी सबै नेपाली नागरिकलाई सहज रुपमा नागरिकता उपलब्ध गराउनु सबै राजनैतिक दलको साझा दायित्व भएको बताउनुभयो ।

गृहमन्त्री खाणले कुनै पनि विदेशी नागरिकले नेपालको नागरिकता लिने अवस्था आउनु दिनुहुन्न भन्नेमा सरकार सजग रहेको र नागरिकता जस्तो संवेदनशील विषय सार्वभौम संसद्मा नै छलफल होस् भन्ने उद्देश्यले विचाराधीन विधेय फिर्ता लिई नयाँ विधेयक ल्याएको बताउनुभयो ।
यसअघि संसद् बैठकको सुरुमा बोल्दै सांसद पवित्रा निरौला खरेलले सुरक्षा निकायका लागि हतियार खरिदको तयारी भइरहेको भन्ने समाचारको सत्य तथ्यबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक आज दिउँसो ३ः०० बजे पुनः बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्