तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयविना विकास असम्भव’

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीय तहको समन्वयविना विकास सम्भव नभएको बताउनुभएको छ ।

सोमबार विराटनगरमा आयोजित ‘सङ्घ, प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्ध: हालसम्मको प्रयास र अबको प्राथमिकता’ विषयक गोष्ठीमा मन्त्री कार्कीले विकासको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताउनुभयो ।

सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्री कार्कीले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका महासङ्घलाई स्थानीय तहमा जनताका भावनाअनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनि मन्त्री कार्कीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button