तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी कार्यालय सानेपामा जारी 

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

बैठकमा स्थानीय तह निर्वाचनका विषयमा प्रस्तुत प्रतिवेदनमाथि छलफल सुरु भएको पार्टी प्रवक्ता प्रकाश शरण महतले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

यस्तै, बैठकमा भातृ तथा शुभेच्छुक संस्थाको विधान टुङ्गो लगाउने विषय तथा सरकारको काम कारबाहीको समेत समीक्षा हुने प्रवक्ता महतले बताउनुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button