तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा विद्युतीय राहदानी बनाउन सुरु

पाल्पा।पाल्पामा प्रत्यक्ष रुपमा इ–पासपोर्ट लिन सकिने भएको छ ।

अब अनलाइन फर्म भरेर पालो कुर्नु पर्ने समस्यालाई अन्त्य भएको छ । अब प्रत्यक्ष अनलाइन सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो समय विद्युतीय राहदानी बनाउनका लागि गरिने अग्रिम अनलाइन प्रणालीबाट धेरै सेवाग्राहीले समस्या खेप्दै आएको हुँदा आवश्यक कागजातसहित कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button