तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेन नगरपालिकालाई

पाल्पा । राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेन नगरपालिकाले जितेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा १९ स्वर्ण, १० रजत र २२ कांस्य गरी कुल ५१ पदकसहित तानसेन नगरपालिकाले उपाधि हात पारेको हो ।

त्यस्तै ७ स्वर्ण, ५ रजत र ६ कांस्य गरी कुल १८ पदक जित्दै रम्भा गाउँपालिका दोस्रो भयो । ५ स्वर्ण, १० रजत र ४ कास्य गरी कुल १९ पदक जित्दै तिनाउ गाउँपालिकाले तेस्रो स्थानमा चित्त बुझायो ।

५ स्वर्ण, ७ रजत र ७ कांस्य गरी कुल १९ पदक जित्दै माथागढी गाउँपालिका चौथो भयो भने ४ स्वर्ण, ३ रजत र ३ कांस्य गरी कुल १० पदक जित्दै रामपुर नगरपालिका पाँचौँ स्थानमा रह्यो ।

त्यस्तै २ स्वर्ण, १ रजत र ४ कांस्य गरी कुल ७ पदक जित्दै बगनासकाली गाउँपालिका छैटौँ भयो ।

जिल्लाका ६ पालिका स्वर्णविहीन भए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ३ दिनसम्म चलेको प्रतियोगिता अन्तरगत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो ।

जिल्ला खेलकुद विकास समिति, पाल्पाको आयोजना र सामाजिक विकास डिभिजन पाल्पाको संयोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

जिल्ला प्रतियोगिताबाट छनौट भएका ७८ जना खेलाडीले यही असार २४ गतेदेखि दाङ तुलसीपुरमा आयोजना हुने प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने खेलकुद विकास समितिका कार्यालय प्रमुख तारा बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button