आँबुखैरेनीबाट कौडा खेल्ने १३ जुवाडे १ लाख ८० हजार नगदसहित पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ गरेको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं ३ आबुखैरेनी बजार नजिक रहेको रिजोन होटल एण्ड खाजाघरबाट जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक राजकुमार वि.क. कमाण्डमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । गएराती १२ बजे जुवाडेहरू लाई पक्राउ गरेको हो ।
उनीहरूको अनुसन्धान भइरहेको जुवा ऐन अन्तर्गत मुद्दा दर्ता हुने जिल्ला कार्यालय तनहुँले जनाएको छ । । इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आडमा रहेको
होटलमा नियमित रुपमा जुवा खेलाउने गरेको सूचना पाएपछि प्रहरी टोलीले छापा मारेको थियो । जुवा खेल्नेमा तनहुँ र गोरखा र चितवनका रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्