तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका केही घरमा पानी पस्यो, प्रहरी हाई एलर्टमा

जनकपुरधाम । आज बिहानदेखि परेको वर्षाका कारण जनकपुरधामको कतिपय वडाका घर घरमा पानी पसेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित उपप्रमुख किशोरी साहको जनकपुरधाम उपमहानगरपालिका–१० देवी चौकमा रहेको निजी घरमा पानी पसेको छ । वडा नंं १० का अरू घरमा पनि पानी पसेको छ ।

उपप्रमुख साहले नालाको सफाइ गरे पनि घर होचो भएकाले वर्षाको पानी पसेको बताउनुभयो । जनकपुरधामको वडा नं १, ४, ८, ७, १३ तथा १४ का केही घर आँगनमा पनि पानी पसेको छ ।

यसैबीच, धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले हालसम्म वर्षाका कारणले जिल्लामा कुनै प्रकारको भौतिक तथा व्यक्तिगत क्षति नभएको तथा प्रहरी हाई एलर्टमा बसेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button