झापाको कमल गाउँपालिकामा बाढीका कारण आधा दर्जन घर उच्च जोखिममा

झापा । झापाको कमल गाउँपालिका वडा न. ५ स्थित चाँजु खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएको छ । गएराति देखि परेको भारी बर्षाका कारण खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधा दर्जन घर कटानको उच्च जोखिममा परेको छ ।
वडाध्यक्ष लालबहादुर विष्टका अनुसार गएरातीको भारी बर्षाका कारण स्थानीयले पालन सुँगुरका दुई वटा खोर बगाएको छ भने खोला आसपासका आधा दर्जन घरका परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ । रातीदेखिको पानीले यहाँको अवस्था निक्कै जटिल बनाएको भन्दै उहाँले ६, ७ घरको नजिकै खोलाको कटानले विस्थापित हुने खतरा बढेको बताउनुभयो । खोलामा आएको बाढीले त्यहाँ बनाइएको अस्थायी तटबन्धन भत्काएका कारण खोला बस्ती छिर्ने खतरा भएको उहाँले बताउनुभयो ।
लगातार वर्षा सँगै चाँजु खोलामा कटानका कारण कमलका १, २ , ५ ,६ र ७ का बस्तीमा डुबान र कटानले जोखिममा परेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपानेसहित वडाका जनप्रतिनिधिहरूको टोली पुगेको छ ।
प्राविधिकसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परि आउन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीका विषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्