तपाईँ सुन्दै हुनुहुन्छः

लेदोसहित ढुङ्गा खस्दा पाल्पा बुटवल सडक अवरुद्ध

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको छ । लेदो सहित ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

निरन्तर वर्षा भएका कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार दोभान प्रहरी चेक पोष्ट देखि चिडियाखोला सम्म आधा दर्जन स्थानमा ढुङ्गा र पहिरो खसेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button