आयरल्याण्डको गैरआवासीय नेपाली राजदूतमा आचार्य नियुक्त

काठमाडौँ । आयरल्याण्डको गैरआवासीय नेपाली राजदूत पदमामा ज्ञानचन्द्र आचार्य नियुक्त हुनुभएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आचार्यलाई आयरल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आचार्य संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा कार्यरत हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्