तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौँ । सामुदायिक विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने बेलासम्म पनि पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो  ।

सांसद योगेश भट्टराईले अझै पनि कतिपय विद्यालयमा कक्षा ६ र ८ का पाठ्यपुस्तक पुग्न नसकेको भन्दै नपुगेका विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुष्पा भुसाल (गौतम) र रेखा शर्माले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्ष तर्फ ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो  ।

सांसद द्वय भुसाल र शर्माले विगतका निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको  प्रतिनिधित्व गराउन दलहरूले कन्जुस्याइँ गर्ने गरेको भन्दै मिश्रित र समावेशी सिद्धान्त अङ्गीकार गरेको संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन गर्न माग गर्नुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button