तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको तिनाउ नदीमा शव फेला

रुपन्देही। बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ ।

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button