चार किलोमा सुख्खा पहिरो खस्दा नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ -मुग्लिन सडकखण्ड अन्तर्गत चार किलोमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
आज बिहान ११ बजेर ३५ मिनेटको समयमा ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा माथिबाट सुख्खा पहिरो झरी बाटो दुवै तर्फी अवरोध भएको हो ।
बाटो खुलाउनको लागि ईलाका प्रहरी कार्यालय मुग्लिङ र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्