निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित नेपाल चेम्बर एक्स्पो २०२२ को आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मलुको अर्थतन्त्रमा चेम्बरले खेलेको भूमिकाका महत्त्वपूर्ण रहेको भन्नुहुँदै निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उद्योगको संरक्षण गरी निकासी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेशमा उत्पादन गरिएका सामग्री राखिएको जानकारी दिनुहुँदै यस्ता एक्स्पोले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एक्स्पो असार ६ गतेसम्म चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्