तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा सवारी दर्ता र लाइसेन्स वितरणको थालनी

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले जिल्लामै सवारी दर्तासम्बन्धी सेवा प्रदान गर्न सुरु गरेको छ ।

भौतिक, पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगत यातायात व्यवस्था कार्यालयले बुधवारबाट थप सेवाको सुरुवात गरेको हो ।

कार्यालयले बन्दिपुर गाउँपालिका–४ को बिमलनगर बाटमा रहेको कार्यालय मार्फत सवारी दर्ता सुरु भएको जानकारी दिँदै लाइसेन्स वितरण पनि सुरु गरिने कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख क्षेत्रीका अनुसार असार अन्तिम सातादेखि लाइसेन्सका लागि ट्रायल लिने र पास भएकाहरूलाई लाइसेन्स वितरण गरिनेछ । आगामी असार २० गते पछि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको क्षत्रीले बताउनुभयो ।

कार्यालयले दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारीको ट्रायल लिने, लाइसेन्स वितरण गर्ने, लाइसेन्स नवीकरण गर्ने लक्ष्य लिएको छ । लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौँ धाउनुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button