तपाईँ सुन्दै हुनुहुन्छः

चरा खोजकर्ता खरेललाई नाट्टा उत्कृष्ट सम्मान

झापा । यस वर्षको नाट्टा उत्कृष्ट सम्मान एवम् पुरस्कार चरा खोजकर्ता झापाका देवेन खरेललाई प्रदान गरिएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश नम्बर १ को आज बिर्तामोडमा सम्पन्न १० औँ वार्षिक साधारण सभाका अवसरमा खरेललाई नगद पाँच हजारसहित उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

नाट्टा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

खरेलले पूर्वी नेपालका विभिन्न ठाउँमा पुगेर दुर्लभ चराहरूको फोटो खिच्नुभएको छ ।

साधारण सभामा वक्ताहरूले कोभिड १९ को संक्रमण घटेसँगै पर्यटन व्यवसाय चलायमान हुन थालेको भन्दै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले पर्यटन व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

साधारण सभाको सञ्चालन महासचिव नवीन खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button