एक हजारका ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ
धनगढी । कैलालीको धनगढीबाट प्रहरीले एक हजार दरका ३८ थान नेपाली नक्कली नोट (रुपैयाँ) सहित ३ जनालाई पक्राउ गरेको छ ।
धनगढीको हाटबजारमा नक्कली नोटको कारोबार भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले एक हजारका ३० थान नक्कली नोटसहित महिलालाई पक्राउ गरिएको र कोठाबाट थप ८ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढीका सुमित्रा राना, चन्द्रा बोहरा, रितु चौधरी रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्