तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्का : दैनिक उपभोग्य वस्तुको पर्याप्त भण्डार कायम गर्न राष्ट्रपतिको निर्देशन

कोलम्बो। श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षले मालसामानको अभाव हुन नदिन सबै आवश्यक खाद्य वस्तुको पर्याप्त भण्डार कायम गर्न अधिकारीहरूलाई निर्देशन दिएको राष्ट्रपतिको सञ्चार विभागले शुक्रबार जनाएको छ ।

राष्ट्रपतिले कृत्रिम रूपमा सामानको अभाव सिर्जना गरी मानिसको डरमा काम गरेर मूल्य वृद्धि गर्न केही व्यवसायीको संगठित प्रयासलाई रोक्न सक्ने जिकिर गर्नुभयो । हाल थोक बजारमा पठाइँदै आएको कृषि उत्पादनको केही हिस्सा सिधै किराना पसलहरुमा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपतिले यसो गर्दा यातायातको खर्च कम हुने र उपभोक्तालाई कम मूल्यमा सामान खरिद गर्न र किसानलाई उच्च मूल्य प्राप्त गर्न सक्षम बनाउने बताउनुभयो ।

राजपाक्षले प्रतिकुल परिस्थितिको फाइदा उठाउने र अनुचित मूल्यमा सामान बिक्री गर्नेलाई कानुनी कारबाही गर्न पनि उपभोक्ता हित प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

सन् २०२१ अप्रिलमा रासायनिक मलको प्रयोगमा देशले प्रतिबन्ध लगाएपछि कम उत्पादनका कारण पछिल्ला महिनाहरूमा खाद्यान्नको मूल्यमा तीव्र वृद्धि भएको श्रीलङ्काले जनाएको छ ।

सरकारले हालै रासायनिक मलमा लगाइएको प्रतिबन्ध हटाएको छ । उसले आगामी खेती गर्ने समयका लागि ताजा मल भण्डार आयात गर्ने कुरा बताएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button