तपाईँ सुन्दै हुनुहुन्छः

महिला टी–ट्वान्टी वरीयतामा नेपालका कप्तान क्षेत्रीसहित पाँच खेलाडी

काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित पाँच खेलाडी परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गरेको पछिल्लो वरीयतामा नेपालका पाँच खेलाडी परेका हुन् ।

वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् ।

टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औँ स्थानमा रहन सफल भइन् । ज्योति पाण्डे ८० औँ र इन्दु वर्मा ९९ औँ स्थानमा रहन सफल भए भने बलिङ तर्फको वरीयतामा कविता कुँवर ६१ औँ स्थानमा रहन सफल भइन् । कप्तान रुबिना बलिङ वरीयताको ७१ औँ स्थान र सिता ७५ औँ स्थानमा रहेका छन् ।

आइसिसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १६ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button