युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोन वार्ता
किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनमा कुराकानी भएको छ ।
शनिबार उहाँहरूले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । सो कुराको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्किले दिनुभएको छ ।
युक्रेनका राष्ट्रपति जोलिन्स्किीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रवर्द्धन गर्ने बारेमा समझदारी भएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले सङ्कटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी भएको थियो ।
यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि १ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । रासस/ सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्