तपाईँ सुन्दै हुनुहुन्छः

एक्लै चुनाव लड्दा पनि आफ्नो पार्टीले सफलता हासिल गरेको छ : अध्यक्ष  लिङदेल  

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले स्थानीय तहको चुनावी परिणामबाट आफ्नो पार्टी सन्तुष्ट रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थल आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष  लिङदेलले आफ्नो पार्टीले एक्लै चुनाव लड्दा पनि सफलता हासिल गरेको बताउनुभयो ।

उहाँले यो चुनावलाई पार्टीले रणनीतिक रुपमा प्रयोग गरेको भन्नुहुँदै आगामी निर्वाचनमा पार्टी अझ सशक्त भएर अघि बढ्ने बताउनुभयो ।

एक प्रश्नमा उहाँले परराष्ट्र सम्बन्धलाई सरकारले सन्तुलन बनाउनु आवश्यक रहेको बताउनुभयो । बाह्य देशहरूसँगको परराष्ट्र सम्बन्धमा नेपालले आफ्नो प्रतिष्ठा कायम गर्न सक्नुपर्ने उहाँको भनाई थियो । 

उहाँले परराष्ट्र सम्बन्धमा सन्तुलन कायम गर्न नसके भोलि नेपाललाई कुनै पनि आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्ने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button