लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया । बर्दिया जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
लागु औषध ब्राउन सुगर मुद्दामा बर्दिया जिल्ला अदालतबाट ६ महिना २१ दिन कैद र ५ हजार जरिवानासहित सजाय पाएका बाँस गढी नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय विकाश थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको गस्ती टोलीले बर्दियाको मोतीपुरबाट थारुलाई पक्राउ गरी जिल्ला अदालत बर्दियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्