तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचनले दलहरूलाई सचेत गराएको उपसभापति खड्काको भनाइ

चितवन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताउनुभएको छ । 

आज चितवनमा पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरूलाई केही सङ्केत गरेको चर्चा गर्दै उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई जनताले टाढा राख्न खोजेको नभई केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ ।” स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको  र अब दलहरूले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गर्नुभयो । 

राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button