पोखरा महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिद्वारा पद तथा गोपनीयताको शपथ

पोखरा । पोखरा महानगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले महानगर प्रमुख आचार्यलाई र प्रमुख आचार्यले उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
पोखरा सभागृहमा आयोजित शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति रहेको थियो ।
नव निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको छ भने निर्वाचनमा खटिने सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
शपथ ग्रहण गर्दै पोखरा महानगरपालिका नगर प्रमुख आचार्यले सबैले हेर्न चाहेको पोखरा बनाउन लागि पर्ने बताउनुभयो ।
उहाँले आफु राजनीतिक दलको चिन्ह लिएर चुनाव लडे पनि आजबाट सबैको साझा भएर काम गर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका आचार्य ५८ हजार ८ सय ९३ मत र उपप्रमुखमा एमालेका मञ्जु गुरुङ ६० हजार ५ सय ४६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्