वर्षौँदेखि खानेपानीको अभावमा सास्ती खेप्दै अम्लेखगंजको बासिन्दा
बारा । बाराको अम्लेखगंजको बासिन्दा वर्षौँदेखि खानेपानीको अभावमा सास्ती खेप्न बाध्य छन् ।
जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्जमा वर्षायाममा फुट्ने स–साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सर्वसधारणहरुको दुख झन् बढ्दै गएको हो । पानीका लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरूको सधैँको बाध्यता बनेको छ ।
१ सय २३ घरधुरी बासिन्दा खोलाको पानी डोकोमा बोकेर ल्याउनुपर्ने तथा खोला कै पानी खानुपर्ने बाध्यता भएको छ । खानेपानीको अभावमा यहाँका होटेल व्यवसाय समेत सङ्कटमा पर्न थालेका छन् ।
स्थानीय तथा केन्द्रीय सरकार दुवैले चासो नदेखाएपछि बाध्य भएर खोलाको पानी नै खाने गरेको स्थानीय कृष्णबहादुर विकले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्