बारामा एमालेले पाँच र काँग्रेसले चार पालिका जिते
बारा । बारा जिल्लामा नेकपा एमालेले पाँच वटा स्थानीय तहको प्रमुख र उप प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ ।
जिल्लामा रहेका १६ पालिका मध्ये एमालेले पाँच, नेपाली काँग्रेसले चार, जनता समाजवादीले तीन, लोकतान्त्रिक समाजवादीले दुई, माओवादी केन्द्र र विवेकशील साझाले एक एक पालिका नगर प्रमुख पद जितेका छन् ।
अघिल्लो निर्वाचनमा पहिलो रहेको नेपाली कांग्रेस यस वर्ष दोस्रो भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले जिल्लाको कलैया उपमहानगर, निजगढ नगरपालिका, पचरौता नगरपालिका, परवानीपुर र प्रसौनी गाउँपालिकामा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष जितेको हो । २०७४ सालको स्थानीय चुनावमा यो दलले जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा जित हासिल गरेको थियो ।
निजगढ नगरपालिकामा एमालेले २०७४ मा उपप्रमुख मात्र जितेको थियो । यसपालि भने एमाले ३ वटा पालिका बढाएर पाँच वटा पालिकामा विजयी भएको हो । यसअघि जितेका पालिका जीतपुरसिमरा र कोल्हवी नगरपालिका गुमाएको हो । निजगढमा भने एमालेले यसपालि प्रमुखसहित उपप्रमुख पनि जितेको छ ।







प्रतिक्रिया राख्नुहोस्