तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ घटनाको छानबिन हुन्छ : गृहमन्त्री खाण 

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का विमल कार्कीको २०७९ वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताउनु भएको छ । 

एमाले नेता एवं ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग मङ्गलवार गृह मन्त्रालयमा कुराकानी गर्दै गृहमन्त्री खाणले छानबिनमा कोही दोषी देखिएका कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा वैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’ 

प्रतिनिधि मण्डलका तर्फबाट प्रतिनिधि सभा सदस्य एमाले नेता भट्टराईले कार्की मृत्युको घटनाको विषेश रूपमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाणलाई लिखित पत्र पनि बुझाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button