तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा चट्याङ लागेर १ को मृत्यु, ३ जना घाइते

बागलुङ । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो  ।

चट्याङ् लागेर गम्भीर घाइते बनेका विकको  उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याउँदै गर्दा मृत्यु भएको हो प्रहरीले जनाएको छ   । 

चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्ट विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएको प्रहरी नायब निरीक्षक रानाले जानकारी दिनुभयो  । घाइते सबैको  अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पा स्थित मिसन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ । 

आइतबार दिउसो तीन बजे स्थानीय काली प्रसाद विक र पुणराम कामीको घरमा चट्याङ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button