नेपालगन्जको मेयर र उपमेयरमा गठबन्धनको विजयी
नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई विजयी हुनुभएको छ ।
विष्ट २३४६० मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याउनुभयो । विष्टले ११७८५ मतान्तरले जित्नुभएको छ । राप्रपाका नन्दलाल वैश्यले ७५९८ मत पाउनुभयो ।
यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राई १७९५० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवी ढकालले १०९१५ मत पाउनुभयो । राई ७०३५ मतान्तरले विजयी हुनुभएको हो । राप्रपाकी बिन्दु चर्ती मगरले १०१३५ मत पाउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्