तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको दुहबीमा कांग्रेस विजयी

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवार विजयी भएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुख बेद नारायण गच्छदार पुनः र उपप्रमुख पदमा नेपाली काँग्रेस मेनुका पोखरेल खतिवडा विजयी भएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुख बेद नारायण गच्छदारले ११ हजार ९ सय १६ मत र उपप्रमुख नेपाली काँग्रेसकी मेनुका पोखरेलले ११ हजार ४ सय ३० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुख पदमा विजयी भएका बेद नारायण गच्छदारको प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बिनय कुमार पोखरेलले ११ हजार ४ सय ६१ मत प्राप्त गरी पराजित भएका छन् ।

त्यसैगरी उपप्रमुख पदमा विजयी भएका नेपाली काँग्रेस मेनुका पोखरेलकी प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका उपप्रमुख सरोज कुमार सिंहले ५ हजार ८० मत प्राप्त गरी उनीसँग पराजित भएका छन् ।

सुरुवात देखि अग्रता बनाएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई नेपाली काँग्रेसले अन्तिम समयमा पराजित गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button