स्थानीय तह निर्वाचनको मतगणना अझै जारी : यस्तो छ ६ सय १७ पालिकाको मतपरिणाम

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । ७५३ स्थानीय तहमध्ये आज (शुक्रबार) बिहान ६ बजेसम्म ६ सय १७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्मको परिणाम अनुसार २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने १७१ स्थानमा जितेर नेकपा एमाले दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १ सय ११ स्थान जितेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
उपप्रमुखतर्फ हालसम्म कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ ठाउँमा जितेका छ ।







प्रतिक्रिया राख्नुहोस्