तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी छ ।

अपराह्न  १ बजे देखी सुरु भएको बैठकमा सांसदहरुले दलका तर्फबाट समय माग गरी आगामी बजेटमा समेट्नुपर्ने पक्ष र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा आफ्ना धारणाहरू राखी रहनुभएको छ । 

बैठकमा सासंदद्वय जितेन्द्रनारायण देव र  नारायणकाजी श्रेष्ठले सहमति र सहकार्यबाट मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद खिमलाल भट्टराईले दीर्घकालीन महत्त्वका पूर्वाधार निर्माणमा बजेटको सुनिश्चितता प्रदान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

बैठकमा सांसद डा. बेदुराम भुसालले विगतका कमीकमजोरीलाई सुधार गरी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष  २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button