मनसुनजन्य विपत् व्यवस्थापन पूर्व तयारी सम्बन्धमा मन्त्रालय र विषयगत क्षेत्रका प्रतिनिधिहरूसँग छलफल
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपत् व्यवस्थापन पूर्व तयारी प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माणका विषयमा सम्बन्धित मन्त्रालय र विषयगत क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
सिंहदरबारस्थित प्राधिकरणको सभाकक्षमा आज भएको छलफलमा अघिल्लो वर्षको मनसुनको पूर्वतयारी, भएका क्षति, प्रतिकार्य र यसका सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना निर्माणका विषयमा छलफल भएको हो ।
छलफलमा विषयगत क्षेत्रका सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
देशका विभिन्न क्षेत्रमा वर्षेनी मनसुनजन्य विपतका कारण ठूलो मात्रामा जनधनको क्षति पुग्ने गरेको छ । गएको वर्षको तुलनामा यस बर्ष औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्