मुखियापट्टी मुसहर नियाँको अध्यक्षमा जसपा विजयी
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर नियाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका जय कुमार यादव र सैदा खातुन निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदमा यादवले ५ हजार ४ सय १० मत ल्याएर निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबाबु यादवले २ हजार ४ सय ५५ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा निर्वाचित हुनुभएकी सैदा खातुनले ४ हजार ४ सय १४ मत ल्याउनुभएको छ भने निकटतम प्रतिस्पर्धी काँग्रेसका अनिता कुमारी ३ हजार १ सय ५२ मत ल्याउनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालले पालिकाको ६ मध्ये ४ वडाध्यक्ष जितेको छ भने १ वडामा नेपाली काँग्रेस र १ वडामा नेकपा एकीकृत समाजवादी निर्वाचित भएका छन् ।
धनुषामा मत सार्वजनिक हुन बाँकी रहेको १२ पालिकाको मतगणना जारी छ । १ नगरपालिका सहित ४ गाउँपालिकाको अन्तिम परिणाम हिजो नै सार्वजनिक भइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्