नइ प्रकाशले आठ बालबालिकालाई ‘नइ बाल पुरस्कार–२०७८’ प्रदान गर्ने

काठमाडौँ । नइ प्रकाशनले १५ वर्ष पुरा नभएका आठ जना बालबालिकालाई ‘नइ बाल पुरस्कार- २०७८’ प्रदान गर्ने भएको छ ।
नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, सङ्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ रशु पन्त र खेलकुदतर्फ नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गरिने जनाएको छ । ताम्रपत्रसहित प्रदान गरिने सबै पुरस्कारको राशि जनही १० हजार रुपियाँ रहेका छन् ।
नइ प्रकाशनले १० वर्षीय सिचु मानन्धर र नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ नासिका ठकुरीलाई प्रदान गरिने भएको छ । ताम्रपत्रसहित ‘नइ कोपिला पुरस्कार’ को राशि जनही सात हजार पाँच सय रुपियाँ रहेको जनाइएको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय जानकारी सदस्य सचिव नरेन्द्रराज प्रसाईँले प्रकाशित गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया राख्नुहोस्