तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको प्रमुखमा एमालेका लिम्बू निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका किशोर कुमार लिम्बू निर्वाचित हुनुभएको छ । 

लिम्बूले ७ हजार १ सय ४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल दत्त भट्टले ६ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै दोधारा चाँदनी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका गङ्गा देवी जोशी निर्वाचित हुनुभएको छ । जोशीले ६ हजार ३ सय ६५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खीमा चन्दले ५ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button