तपाईँ सुन्दै हुनुहुन्छः

देउखुरीको गढवा गठबन्धनका उम्मेदवार विजयी

देउखुरी। देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल छ हजार ९०९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सर्वजीत डीसीले ६ हजार १६७ मत ल्याउनुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सीताकुमारी चौधरीले चार हजार ८३०मत ल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button