इलाम नगरपालिकाको मेयरमा काँग्रेसका केदार थापा विजयी

इलाम।देशकै पुरानो नगरपालिका मध्येको एक इलाम नगरपालिकामा नेपाली काँग्रेसका नेता केदार थापा इलाम नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । थापाले मेयरमा १३ हजार १६५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याउनुभयो ।
उपमेयरमा काँग्रेसकै विष्णु दाहाल लिम्बूले १३ हजार ५४२ मत प्राप्त गरेर निर्वाचित बन्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमाले बाट उम्द्धवारी दिनु भएकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याउनुभएको छ । १२ वटा वडा रहेको इलाममा ९ वटामा काँग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।
पञ्चायतकालीन समय २०४३ सालमा , २०४९ सालमा काँग्रेसको नेतृत्वमा रहेको इलाम नगरपालिका २०५४ मा आइपुग्दा नेकपा एमालेले नेतृत्व लिएको थियो । २०७४ सालमा नेकपा एमाले र कांग्रेस बिच नै कडा प्रतिस्पर्धा भयो र एमालेले नेतृत्व जमाएको थियो ।
तीन दशक पछि इलाम नगरपालिकामा काँग्रेसले विरासत फर्काएको छ ।








प्रतिक्रिया राख्नुहोस्