तपाईँ सुन्दै हुनुहुन्छः

चौरजहारी नगरपालिकामा माओवादी विजयी

रुकुम पश्चिम।रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्प बादी विजयी हुनुभएको छ । उहाँले ६ हजार ८ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३ सय ११ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार इश्वरीकुमारी शर्माले ७ हजार २ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाउनुभयो ।

१४ वडा रहेको चौरजहारी नगरपालिकामा ११ वटा वडा नेकपा माओवादी केन्द्र र ३ वटा वडा ३ नेपाली काँग्रेसले विजयी हासिल गरेको छ । चौरजहारी नगरपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको थियो भने एमाले र काँग्रेसको गठबन्धन थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button