तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर मिक्लाजुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका माखिम विजयी 

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमर राज माखिम निर्वाचित हुनुभएको  छ ।

नेकपा एमालेका उम्मेदवार नरेन्द्र कुमार बस्नेत २ हजार ३९ मतले पछि पार्दै माखिम  विजयी हुनुभएको हो । 

गठबन्धनबाट  माओवादी केन्द्रका उम्मेदवार माखिमले ६ हजार ६ सय ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार ३६ मत प्राप्त गर्नुभएको छ । 

यस्तै पालिका उपाध्यक्षमा नेपाली काँग्रेसका सन्त कुमार शेर्मा विजयी हुनुभएको छ । 

नेकपा एमालेकी धनमाया सारुलाई  २ हजार १ सय ७० मतले पछि पार्दै शेमा विजयी हुनुभएको हो । सन्त कुमार शेर्माले  ५ हजार ५ सय ४२ मत प्राप्त गर्दा  धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button