तपाईँ सुन्दै हुनुहुन्छः

बझाङको वित्थडचिर गाउँपालिकामा काँग्रेस विजयी  

बझाङ  । जिल्लाको वित्थडचिर गाउँपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसबाट उठ्नुभएका गाउँपालिका अध्यक्षका उम्मेदवार अम्मर महर र उपाध्यक्ष लक्ष्मी मल्ल विजयी हुनु भएको हो ।

वित्थडचिर गाँउपालीकामा काँग्रेस र एमाले एक्लै एक्लै चुनावमा लडेका थिए भने  माओवादी र समाजवादीले गठबन्धन गरेका थिए । 

 अध्यक्ष अम्मर महरले ३१५९ मत र उपाध्यक्ष मल्लले २९४९ मत पाएर विजय हुनुभएको हो । उहाँका  निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र बोहराले २६०० र उपाध्यक्ष जयन्ती भण्डारीले २१२८ मत पाएको र्निवाचन अधिकृत हरि पङ्गेनीले जानकारी दिनुभयो  ।  ९ वडा रहेको वित्थडचिरमा काँग्रेसले  ५  एमालेले  ३ र समाजवादीले १ वडा जितेको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button