रोल्पाको रुण्टीगढी गाउँपालिकामा काङ्ग्रेस विजयी
रोल्पा । रोल्पाको रुण्टीगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेस विजयी भएको छ । गएराति सम्पन्न भएको मतगणनाको परिणाम अनुसार रुण्टीगढी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका जनक पुनले ४ हजार ३ सय ९१ मत प्राप्त गरेर विजय हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३ हजार ७ सय ८ मत प्राप्त गरी पराजित हुनुभयो ।
त्यसैगरी उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसकी सरिता केसीले ४ हजार ३ सय ३७ मत प्राप्त गरेर विजय हुनु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी हस्तमाली बाठाले ३ हजार ६ सय ३६ मत प्राप्त गरी पराजित हुनु भयो ।
उक्त गाउँपालिकामा नेपाली काङ्ग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ३ वटा वडाहरू वडा नम्बर १,४र ९ जित्न सफल भएको छ । नेकपा माओवादी केन्द्रले वडा नम्बर २,७ र ८ गरी ३ वटा वडाहरू र नेकपा एमालेले वडा नम्बर ३,५ र ६ वडा गरी ३ वटा वडाहरू जितेको छ । .







प्रतिक्रिया राख्नुहोस्