तपाईँ सुन्दै हुनुहुन्छः

बाँफिकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जनककुमार बाँठामगर विजयी हुनुभएको छ । उहाँ ४ हजार ४ सय ५५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याउनुभयो । उहाँहरू बीच जम्मा ३१ मतको मतान्तर रह्यो ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा बुढा केसीले ४ हजार ५ सय ६० मत प्राप्त गरेर विजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नन्दकुमारी केसी नाथले ४ हजार १ सय ६० मत प्राप्त गर्नुभयो । १० वडा रहेको बाँफिकोट गाउँपालिकामा ८ वटा वडामा नेकपा माओवादी केन्द्र र २ वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button